अनलाइन जोखिम र सुरक्षित इन्टरनेट प्रयोग गर्न विद्यार्थीलाई प्रशिक्षण

सुर्खेत । वर्ल्डलिंक कम्युनिकेसनको सामाजिक उत्तरदायित्व अन्तर्गत ‘अनलाइन जोखिम र सुरक्षित इन्टरनेट प्रयोग’ सम्बन्धी कार्यशालाकाे आयोजना गरेको छ । वीरेन्द्ननगर ४ मा रहेकाे भैरव माध्यमिक विद्यालयमा इन्टरनेटका माध्यमबाट हुने ठगी र साइबर अपराधका विषयमा कार्यशालाकाे आयोजना गरिएकाे हाे।



कार्यशालामा ९८ जना विद्यार्थीहरूको सहभागिता थियो। उनीहरूलाई इन्टरनेट प्रयोगका क्रममा हुने ठगी, साइबर अपराध, अनलाइन दुव्र्यवहारका जोखिमहरू र ती समस्याबाट बच्ने उपायहरू सम्बन्धी व्यावहारिक ज्ञान दिइएको थियो।

सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । तालिमले विद्यार्थीहरूमा डिजिटल सचेतना, सुरक्षित इन्टरनेट प्रयोगको आवश्यकता र जिम्मेवार डिजिटल नागरिक बन्ने प्रेरणा जगाउने उद्देश्य राखिएको वर्ल्डलिंकले जनाएकाे छ ।

कार्यशालामा प्रशिक्षक वर्ल्डलिँककोतर्फबाट समनी सुवेदीले र अनुगमन वर्ल्डलिंककी सामाजिक उत्तरदायित्व कार्यक्रम निर्देशक अनुपा भण्डारी जालानबाट गरिएको थियो।

तपाईको प्रतिक्रिया