बजारमा आउन थाल्यो नक्कली चुरोट


सुर्खेत । बजारमा नक्कली चुरोट आउन थालेको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सुर्खेतले असार १५ गते शनिबारमा दिन नक्कली चुरोट एक जनालाई नक्कली चुरोटसहित पक्राउ गरेपछि नक्कली चुरोट बजारका बिक्रि हुने गरेको पत्ता लगाएको हो ।



वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकस्थितमा विना बिल बिजकको नक्कली चुरोटको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले नक्कली चुरोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका–३ बस्ने बर्षका ३५ का जीवनकुमार शाहीले सोही ठाउँमा सञ्चालन मेसी स्टोरमा नक्कली चुरोट २५ डण्डा (५०० बट्टा) र खुल्ला ४ बट्टा गरी जम्मा ५०४० बट्टा खुकुरी चुरोट ल्याई बिक्री वितरण गरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिएन ।

सूचना अधिकारी थुढथापाका अनुसार बरामद गरिएको सामानसहित शाहीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा सुर्खेतमा पठाईएको र घटनाको अनुसन्धान भईरहेको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले कारागारबाट फरार कैदीसहित लागुऔषध कारोबारी ५ जनालाई पक्राउ गरेको छ । गत शुक्रबार दिन वीरेन्द्रनगर नगरपालिका–७ स्थितमा लागूऔषधको कारोबार भईरहेको गोप्य सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने नरेन्द्र ठाडालाई शंकास्पद अवस्थामा फेला पारी निजको शरिर तथा घर कोठा खानतलासि गर्दा निजको साथबाट शुद्द ५३० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरको जनाएको छ ।

उनी जगन्नाथदेवल कारागार काठमाण्डौंमा लागूऔषध मुद्दामा कैद भुक्तान गरी रहेका प्रतिवादी रहेको प्रहरीले जनाएको छ । उनी भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार रहेका थिए ।

त्यस्तै, वीरेन्द्रनगर–८ का ललिता तामाङ्ग, वडा नंं ११ का बिशाल ठाडा मगर, वडा नं.१२ राजु सुनार र वडा नं. ७ का रमेश सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया