फरुवा प्रहारबाट छोराद्वारा आमाको हत्या


सुर्खेत । सुर्खेतमा छोराले फरुवा प्रहार गरेर आमाको हत्या गरेका छन् । भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका हुन् ।



मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् ।

हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका–१२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक बुढ्थापाले बताए ।

आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

 

तपाईको प्रतिक्रिया