
सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानीले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने बताएका छन् । सुर्खेतमा मंगलबार अनौपचारिक रुपमा कुरा गर्दै देशमा बिषेश परिस्थिति भएका कारणले निर्वाचन तोकिएको समय फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका हुन् ।
संसद पुर्नस्थापनाभन्दा तोकिएको सयममा नै निर्वाचनमा भए देशले निकास पाउने उनले बताए । ‘तोकिएको समयमा नै निर्वाचन हुनुपर्छ भन्ने मेरो भनाई रहेको छ,’ उनले भने,‘त्यसपछि मात्र देशले निकास पाउँछ ।’
देशको परिस्थिति हेर्दा जेनजी आन्दोेलन अगाडी नै वर्तमान सरकारका गृहमन्त्री र प्रधानमन्त्रीलाई देशमा सुशासन कायम गर्नुहोस भनेर सुझाव दिएको त्यसलाई सरकारले वेवास्था गरेको उनले बताए । ‘मैले देशको परिस्थिति ठिक छैन् । यसले असर गर्छ भनेर संसद लगाएतका ठाउँमा भनेको थिए,’ उनले भने,‘तर, त्यो सुझाव ग्रहण नगर्दा देशमा जेनजी आन्दोलन भयो ।’


अहिले बिषेश परिस्थितिमा संसद विघठन भएकोले पुर्नस्थापनाको पक्षमा आफु नरहेको उनले धारणा रहेको थियो । ‘अहिले पार्टीले जितोस् हारोस् त्यो सवाल हैन्,’ उनले भने, ‘देश र जनता जित्नका लागि भएपनि तोकिएको समयमा निर्वाचन हुनुपर्छ ।’
अहिले कांग्रेस पार्टी फुटने हल्ला चलाइएको भएपनि अबको परिस्थितिमा कांग्रेस एकजुट भएर जाने उनले बताए ।

नेपाल कर्म । ११ कार्तिक २०८२, मंगलवार १७:०९