साना किसान सहकारी उत्तरगंगाको अध्यक्षमा थापा निर्वाचित

सुर्खेत । साना किसान कृषि सहकारी संस्था उत्तरगंगा सुर्खेतको अध्यक्षमा विन्द्राकुमारी थापा निर्वाचित भएकी छन् । २९ औं साधारण सभाले थापाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।



संस्थाको उपाध्यक्षमा मीनाकुमारी थापा र सदस्यहरुमा सुशीला डाँगी गौतम, रीता शर्मा, शान्ति थापा, रेखा जैसी, खगिसरा राना, सुमित्रा गिरी तथा पार्वती गिरी चयन भएका छन् ।

साधारण सभामा अध्यक्ष चाँदनी ढकालले ५० करोड ६४ लाख ९७ हजार ७७७ रुपैयाँको आर्थिक कारोबार प्रस्तुत गरेकी थिइन् । चालु वर्षका संस्थाले ५६ करोड ५२ लाख ७५ हजार ६५० रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको ढकालले बताइन् ।

संस्थाले गत वर्ष वृद्ध सम्मान कार्यक्रम, अपाङ्गता सदस्यका छोराछोरी मध्य एसइइमा उत्कृष्ट दुई जनालाई पुरस्कार, सुत्केरी पोषण खर्च, म्यादी बिमा कायृक्रम, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट ऋणि सदस्य, उत्कृष्ट बाल बचतकर्ता, असल सासु बुहारी, उत्कृष्ट व्यवसाय कार्यक्रम सञ्चालन गरिएको ढकालको भनाई छ ।

स्थापना दिवसको अवसरमा हाजिरी जवाफ, म्युजिकल चियर, बेलुन फुटाउने कार्यक्रमसमेत गरिएको उनले बताइन् । कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था सुर्खेतका प्रवन्धक रामजनक चौधरीको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया