रुकुम पश्चिम कारागारबाट फरार भएकामध्ये २५ कैदीबन्दी भेटिएनन्



रुकुम पश्चिम । जेनजी आन्दोलनको मौका छोपी गत भदौं २४ गते रुकुम पश्चिम कारागारबाट फरार भएकामध्ये २५ जना कैदीबन्दी सम्पर्कमा आएका छैनन् । स्थानीय प्रशासनले उनीहरुको खोजी कार्यलाई तीब्र बनाएपनि उनीहरु हालसम्म सम्पर्कमा छैनन् ।

गत भदौ २४ गते साँझ साढे ५ बजेतिर जिल्ला कारागारमा रहेका जम्मा एक सय ५८ जना कैदीबन्दीमध्ये ८८ जना भागेका थिए ।‘ यसमध्ये हालसम्म ६३ जनालाई पक्राउ गरेर कारागारमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले बताए ।

बाँकी २५ जना अहिलेपनि कारागार बाहिरै रहेका छन्,’उनले भने ‘बाँकी कैदीबन्दीहरुको खोजतलास जारी छ । उनीहरुको खोजी कार्यमा सहयोग गर्न सार्वजनिक सुचना समेत जारी गरिएको छ र जसरी पनि कारागारमा फिर्ता ल्याउने गरी काम गरिरहेका छौं ।’

जिल्लामा जेन्जजी युवाहरुको प्रर्दशन सामान्य रहेपनि कारागारमा रहेका कैदीबन्दीहरुले एक्कासी हो–हल्ला र हुल–हुज्जत गरी पहिलो गेट समेत भत्काएर बाहिर निस्किएका थिए ।

तपाईको प्रतिक्रिया