
सुर्खेत। काठमाडौंमा भएको जेनजी प्रदर्शनमा सहभागी हुम्ला नाम्खा गाउँँपालिका– ३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आएका थुक्तेन पाल्वर लामा बेपत्ता भएका छन् । २३ वर्षका लामा नारायनथान गुम्वामा लामा ज्ञान अध्ययन सकाएर हाल तीनचुलीमा कोठा लिएर भजिजोसँग बस्दै आएका थिए ।

गत भदौ २३ गते जेनजी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएको बुबा टैछिरिङ लामाले बताए । होटेलमा काम गदै आएको लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठामा आएर प्रदर्शनमा गएका थिए ।

बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता भएको बुबाले बताए । जेनजी प्रदर्शनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन बुवा लामाले आग्रह गरे । उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन् ।

नेपाल कर्म । ४ आश्विन २०८२, शनिबार १७:२४