सुर्खेत । वीरेन्द्रनगरकाे यरिचाेकबाट लागूऔषध कारोबार गरिरहेकाे अवस्थामा प्रहरीले एक जनालाइ पक्राउ गरेकाे छ । वीरेन्द्रनगर नगरपालिका-३ ऐरिचोकबाट वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईली बस्ने २५ वर्षीय देबु भण्डारीलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।
लागूऔषध कारोबार गरिरहेकाे गाेप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा भण्डारीलाइ पक्राउ गरिएकाे सुर्खेत प्रहरीकाे भनाइ छ । उनकाे साथबाट नापतौल गर्दा शुद्ध ६०० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित बरामद गरिएकाे छ । पक्राउ परेका भण्डारीलाइ नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।


नेपाल कर्म । १३ असार २०८०, बुधबार १४:१४