
सुर्खेत । अबरुद्ध कर्णाली राजमार्ग खुलेको छ । मंगलबार रातिदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको हो ।

कालीकोट जिल्लाको शुभकालिका–१ गगने खोलामा पहिरो गएका कारणले कर्णाली राजमार्ग अबरुद्ध भएको थियो ।
पहिरोका कारणले अबरुद्ध भएको राजमार्ग दुईवटा मेसिन प्रयोग गरेर हटाइएपछि बाटो खुलाइएको हो । गगने खोला पारीपट्टीको डाँडा पूरै खसेको थियो ।


पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुईवटा मेसिन लगाएर काम गरिएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए ।
गगने खोलामा वर्षा हुनेबित्तिकै लेदो र ढुंगासहित झर्ने पहिरोले यात्रुलाई सास्ती दिने गरेको छ ।
नेपाल कर्म । १ आश्विन २०८२, बुधबार १४:३२