
सुर्खेत । सुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालीका गाउँपालिका– १ मा पर्ने गगने खोला र राजमार्गको अर्को ठाउँमा बिहान गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।

मंगलबार रातीको अविरल वर्षाको कारण गगने खोलामा पहिरो गएको थियो भने निरन्तर वर्षाको कारण सडकखण्डको अर्को ठाउँमा बिहान पहिरो गएको हो ।

अहिले लगातार वर्षा भइरहेको र बाटो खुल्न २ घण्टाजति लाग्ने सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।

नेपाल कर्म । १ आश्विन २०८२, बुधबार ११:१४