भरूवा बन्दुक र बारूदसहित पक्राउ

सुर्खेत ।  पूर्वी सुर्खेतकाे गुर्भाकाेटबाट एक जना भरूवा बन्दुकसहित पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका-९ नदिकोटमा २९ वर्षीय गणेशबहादुर डाँगीलाइ प्रहरीले भरूवा बन्दुक र बारूदसहित पक्राउ गरेकाे हाे ।



डाँगीले मादक पदार्थ सेवन गरी घरपरिवारलाई कुटपिट गरिरहेको सूचनापछि घरमा पुगेकाे कोठाबाट लुकाईछिपाई राखेको भरुवा बन्दुक एक थान र तीन वटा सानो प्लाष्टिकको बट्टामा राखेको बारुद फेला पारेकाे जानकारी दिएकाे छ । डाँगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएकाे छ ।

तपाईको प्रतिक्रिया