
सुर्खेत । जेन जी आन्दोलनका नाममा भदौ २४ गते घर जलाइएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले आफूले नगरको विकास र समृद्धिका लागि नागरिकको पक्षमा काम गर्नु के मेरो गल्ती थियो भनेर प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमा १२ वटा कामको सुची राख्दै यो नै आफ्ना अपराध हो त भनेर प्रश्न गरेकी हुन् ।

वडा नं ८ मा रहेको आफ्नो घरमा रहेका सम्पूर्ण सामान जलाइएको प्रति दुःखि हुँदै ढकालले उक्त घर आफ्नो पुख्र्याली र श्रीमानको २५ वर्षको कमाइको उपज भएको उल्लेख गरेकी छन् । उनले आफूले ५ वर्ष उपमेयर र ३ वर्ष मेयर भएर काम गर्दा कहीं कतै अनियमितता गरेको भएको त्यसको प्रमाण पेश गर्न चुनौती दिएकी छन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी ढकालले आफू एमालेको कार्यकर्ता भएकै कारण जेनजीका नाममा उदण्डता मच्चाउने समुहको आक्रमणमा परेको बताएकी छन् । वीरेन्द्रनगरको विकासका लागि उनले ८ वर्षमा सुरु गरेका १२ वटा कामको फेहरिस्त सामाजिक सञ्जालमा पेश गर्दै यिनै कारणले आफ्नो घर जलाइएको हो त भनेर प्रश्न गरेकी छन् ।
ढकालले वीरेन्द्रनगरलाई पश्चिम नेपालको उदाँउदो सहरको रुपमा विकास विकास गरेको,सहरको पार्किङ व्यवस्थापन गरेको,सुशासनका लागि १२ लाख माथीका योजनामा इ बिडिङबाट काम गराएको सार्वजनिक शिक्षा सुधार गर्न पहल गरेको उल्लेख गरेकी छन् ।

ढकालले बुलबुले ताल र ऐतिहासिक घण्टाघर निर्माण,भेरी लिफटिङ, आयोजनाको सुरुवात,जनसंख्याभन्दा करिब तीन गुणा बढी जनसंखयालाई स्वास्थ्य सेवा,करिब ६ लाख जननसंख्यालाई आधार सेवा प्रदान र वीरेन्द्रनगरलाई उपमहानगरको मापदण्डमा पुर्याउन आफू निरन्तर लागेको स्मरण गराकी छन् ।
‘सार्वजनिक जिम्मेवारीमा रहँदा थुप्रै मानसिक पिडाहरु पाएकी छु । कोरोनाकालमा कार्यबाहक मेयरको रुपमा जीवन नै संकटमा राखेर व्यवस्थपानको काम गरें ’ उनले भनेकी छन् ‘अहिले पनि निरन्तर नगर र नगरबासीको हितमा काम गरिरहेकी छु । तर के कसैका व्यक्तिगत चाहना र व्यक्तिगत लाभका काम नगरेकै कारण मैले यो अन्याय भोग्नु परेको हो ?’
१. वीरेन्द्रनगर नगरपालिकालाई पश्चिम नेपालको उदाउँदो सहरको रुपमा विकास गर्न यहाँका सडकहरु फराकिलो बनाउनु ,२. सरकारी सम्पत्तिको संरक्षण गर्दे सार्वजनिक पार्क बनाउनु ,,३. बढदै गरेको जनसंख्या र त्यसले बढाएको सवारी साधन चापलाई व्यवस्थित गर्न पार्किङ व्यवस्थापन गर्नु ,,४. बजार व्यवस्थित बनाउन सडकमा र विभिन्न चौकहरुमा पैदलमार्ग मार्ग फुटपाथ व्यवस्थापन गर्नु,५. मुख्य बजारमा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक लाइट राख्नु,६. सुशासन कायम गर्न १२ लाख भन्दा माथिका सबै योजना, आयोजना टेन्डर प्रकृया ई बिडिङ को माध्यमबाट अघि बढाउनु , ७. सार्वजनिक शिक्षा सुधारमा पहल गर्नु ,,,८. बुलबुले, घण्टाघर जस्ता ऐतिहासिक धरोहरहरु निर्माण तथा व्यवस्थित गर्दै जानू ,,९. खानेपानी अभावलाई क्रमश समाधान गर्नकै लागि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भेरी लिफ्टिङ आयोजनाको काम सुरुवात गर्नु ,,१०. आधारभूत स्वास्थ्य सेवालाई आफ्नोे पालिकाको जनसंख्या भन्दा करिव तीन गुना बढी जनसंख्यालाई कर्णाली प्रदेकै उत्कृष्ट स्वास्थ्य सेवा दिनु,,११. २०७८ को जनगणना अनुसार एकलाख ५४ हजार जनसंख्याका भएको नगरपालिकामा अस्थाई बसोबास सहित करिव ६ लाख जनसंख्यालाई शिक्षा , स्वास्थ्य , खानेपानी , सरसफाइ सहित आधारभूत सेवा प्रदान गर्नु , त्यसलाई व्यवस्थित गर्दै जानू ,१२ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकालाई राजस्व र पूर्वाधारको हिसावले उपमहानगर को मापदण्ड पुरा गर्नु
नेपाल कर्म । २८ भाद्र २०८२, शनिबार १६:२८