जेनजी आन्दोलनका क्रममा सुर्खेतमा नष्ट भएका यी हुन संरचना


सुर्खेत । जेनजी आन्दोलनकारीले सुर्खेतको वीरेन्दनगर भिका नीजि र सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएका छन् । नीति तथा सार्वजनिक तोडफोड हुनेमा व्यक्तिगत घरहरु वीरेन्द्रनगर–७ स्थित कांग्रेस उपसभापती पूर्णबहादुर खड्काको घर पूर्ण रुपमा क्षति, वीरेन्द्रनगर–७, स्थित डाक्टर डम्बर खड्काको घर पुर्ण रुपमा क्षति, वीरेन्द्रनगर–७, स्थित विष्णु खड्काको घर पूर्णरुपमा क्षति र वीरेन्द्रनगर–८, स्थित नगर प्रमुख मोहनमाया ढकालको घरमा आंशिक रुपमा क्षति भएको छ ।



त्यस्तै व्यक्तिगत घर क्षति हुनेमा वीरेन्द्रनगर–४, स्थित मुख्यमन्त्री यामलाल कँडेलको घरमा पूर्ण रुपमा क्षति, वीरेन्द्रनगर–४, स्थित नगर उपप्रमुख निलकण्ठ खनालको घरमा आंशिक रुपमा क्षति र वीरन्द्रनगर–१०, स्थित विष्णु खड्काको माया पेट्रोल पम्पमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनमा क्रममा राजनैतिक दलका पार्टी कार्यालय आगजनी तथा तोडफोड भएका छन् ।

आगजनी तथा तोडफोड गरिएको पार्टी कार्यालयहरुमा वीरेन्द्रनगर–६, स्थित नेकपा (एमाले) को पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्ण रुपमा क्षति, वीरेन्द्रनगर–६, स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्ण रुपमा क्षति, वीरेन्द्रनगर–६, स्थित नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्ण रुपमा क्षति र वीरेन्द्रनगर–६, स्थित राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्ण रुपमा क्षति भएको छ ।

जेनजीको आन्दोलनले कर्णाली प्रदेश सरकारका कार्यालयहरु आगजनी तथा क्षति पु¥याएका छन् ।

वीरेन्द्रनगर–७, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनीबाट आंशिक क्षति, वीरेन्द्रनगर–७, स्थित मुख्यमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्ण क्षति, वीरेन्द्रनगर–७, स्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्ण क्षति, वीरेन्द्रनगर–७, स्थित जलस्रोत तथा उर्जा विकासमन्त्रीको सवारी निवासमा तोडफोड, वीरेन्द्रनगर–७, स्थित मुख्यन्याधिवक्ताको कार्यालयमा आंशिक क्षति, वीरेन्द्रनगर–७, स्थित कर्णाली प्रदेशसभामा पूर्ण रुपमा क्षति र वीरेन्द्रनगर–७, स्थित प्रदेश प्रदेश लेखा नियन्त्रक कार्यालयमा पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, संघीय तथा अन्य सार्वजनिक कार्यालयहरुमा क्षति भएको छ ।

वीरेन्द्रनगर–८, स्थित वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा आंशिक रुपमा क्षति, वीरेन्द्रनगर–७, स्थित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा आंशिक रुपमा क्षति, वीरेन्द्रनगर–७, स्थित नापी कार्यालयमा पूर्ण रुपमा क्षति, वीरेन्द्रनगर–७, उच्च सरकारी वकिल कार्यालयमा सामान्य क्षति, वीरेन्द्रनगर–६, स्थित सिटिहलमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर–७, स्थित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना आंशिक क्षति, वीरेन्द्रनगर–८, स्थित जिल्ला समन्वय समितिको कार्यालयमा आंशिक क्षति र वीरेन्द्रनगर–७, स्थित प्रदेशसभामा राखिएको एनआइसी बैंकको एटिएममा पूर्ण रुपमा क्षति भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको १ नम्बर वडा ११ सम्मका वडा कार्यालयहरुमा केही पूर्ण रुपमा क्षति भएका छन भने केहीमा आंशिक रुपमा क्षति भएको छ ।

तपाईको प्रतिक्रिया