
सुर्खेत । नेकपा एमाले ठाँटीकाँध गाउँ कमिटी दैलेखले जेनजीका मागहरु सम्बोधन गर्दै तत्काल नेपालको संविधानमा रहेर अन्तरिम सरकार गठन गर्न अनुरोध गरेको छ। कमिटीले शुक्रबार प्रेस विज्ञप्ती निकाल्दै तत्काल संविधान अनुसार निकास खोज्न आग्रह गरेको हो।

कमिटीका अध्यक्ष कृपाराम थापाले कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै जेनपी युवाहरुका जायज मागहरु सम्बोधन गरि वर्तमान संवैधानिक व्यवस्था अन्तरगत यथाशीघ्र अन्तरिम सरकार गठन गर्न आग्रह गरिएको जानकारी दिए।
उनका अनुसार कमिटीले मुलुकलाई शून्यताबाट मुक्त गर्नका लागि संयमित भई अघि बढ्न राष्ट्रपति, सम्पूर्ण राजनैतिक दल, सम्वैधानिक अङ्गहरु, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारीहरु, नागरिक समाज तथा आन्दोलनरत जेनजी युवाहरु र प्रगतिशिल देशभक्त जनसमुदाय हित सम्बद्ध पक्षहरु सङ्ग अपिल गरेको छ।

यस्तै, कमिटीले पुर्व घोषित कार्यक्रम बमोजिम शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरि उत्तेजना तथा अशान्ति फैलाउने, २४ गतेपछि राष्ट्रका सर्वोच्च निकाय, संवैधानिक अंग, बैंक तथा बित्तिय संस्था, राजनैतिक दलका कार्यालय लगायतका महत्त्वपूर्ण सार्वजनिक तथा व्यक्तिगत भवन तथा ऐतिहासिक संरचना र दस्तावेजहरुमा तोडफोड, आगजनी र लुटपाट जन्य घटनाहरुमा संलग्नहरुको निष्पक्ष छानबिन गरि दोषी उपर कारवाहीको माग गरेको छ।

नेपाल कर्म । २७ भाद्र २०८२, शुक्रबार १४:५७