जेन–जीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु, ८० जनाभन्दा बढी घाइते



काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

यस्तै, जेन–जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर तीनजना फोटो पत्रकार घाइते भएका छन् ।

प्रहरीले चलाएको गोलीले नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना घाइते भएका छन् । उनलाई अस्पताल भर्ना गरिएको छ।

कान्तिपुर टेलिभिजनका भिडियो पत्रका श्याम श्रेष्ठ पनि घाइते भएका छन् । उता नेपाल प्रेसका उमेश कार्कीलाई पनि गोलीको छर्रा लागेको छ। एक सशस्त्र प्रहरीका जवानहरू पनि घाइते हुन पुगेका छन् ।

तपाईको प्रतिक्रिया