भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सुर्खेतका जेन–जी सडकमा (फोटो फिचर)
सुर्खेत । भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिएका छन् । सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिएका हुन् ।
सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वतःस्फूर्त जेन जीहरू भेला भएका थिए । दिउसो १२ बजे सुरु भएर बजारमा परिक्रमा गरेको थियो

प्रदर्शनमा ४ सयभन्दा बढीको सहभागिता रहेको थियो । आन्दोलनमा सहभागी रचना खड्काले देशलाई डुबाएर रमाइरहेको सरकारले नागरिकलाई दुःख दिएको बताइन् । उनले आफूहरू स्वतः स्फूर्त सडकमा आएर अहिलेको भ्रष्टाचारी सरकार र उसको क्रियाकलापबारे आवाज उठाएको बताइन् ।
आन्दोलनमै सहभागी नबराज शाहीले युवा पुस्तामा अहिलेको सरकारप्रति बढिरहेको बितृष्णा नै आन्दोलनको पहिलो रुप भएको बताए । उनले सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने सरकार ढुङ्गे युगमा नागरिकलाई लैजाने प्रयासमा रहेको जनाए ।

नेपाल कर्म । २३ भाद्र २०८२, सोमबार १२:५२