

सुर्खेत: अखिल नेपाल फुटबल संघको आयोजनामा १४ वर्ष मुनिको अन्तर-विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुर्खेतको चिसापानी रंगशालामा सुरु भएको छ।
भदौ २२ गतेबाट सुरु भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले गर्नुभएको थियो। उद्घाटनका क्रममा अध्यक्ष हमालले यस्ता प्रतियोगिताले नयाँ प्रतिभा खोज्न सहयोग पुग्ने र यसबाट भोलिका दिनमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगितामा सुर्खेत जिल्लाका १७ विद्यालयको सहभागिता रहेको छ। यो प्रतियोगिता भदौ २७ गतेसम्म चल्नेछ। प्रतियोगिताबाट छानिएका खेलाडीहरूले कर्णाली प्रदेश स्तरीय अन्तर-विद्यालय प्रतियोगितामा भाग लिन पाउनेछन्।
आजको पहिलो दिन सिद्धार्थ विद्यालय, सैनिक आवासीय विद्यालय र एसओएसले आ-आफ्नो खेलमा जित हासिल गरेका छन्।

नेपाल कर्म । २३ भाद्र २०८२, सोमबार ०९:३५