
सुर्खेत । जुम्लाको जिल्ला समन्वय समितिको परिसरमा शनिबार भेटिएको बम निस्क्रिय पारिएको छ । नेपाली सेनाको टोलीले आइतबार बिहान निस्क्रिय पारिएको हो ।
जिल्ला समन्वय समिति जुम्लाको भवन निर्माणमा संलग्न मजदुरहरूले उक्त सकेट बम फेला पारेका हुन् ।
शनिबार बेलुका भवन निर्माणमा संलग्न मजदुरहरूले जग खन्ने क्रममा बम फेला पश्चात प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले द्वन्द्वकालीन समयमा जीआई पाइपबाट निर्मित खिया लागेको अवस्थामा सकेट बम फेला परेको बताए ।


उनका अनुसार समन्वयको भवन निर्माणस्थलमा तत्कालीन विद्रोही समूह नेकपा (माओवादी) र राज्यपक्षबीच दोहोरो भिडन्त भएको थियो । फेला परेको बम तत्कालीन जिल्ला विकास समितिको भवनमा माओवादीले आक्रमण गर्दाको हुसक्ने जनाइएको छ ।

नेपाल कर्म । २२ भाद्र २०८२, आईतवार १४:५०