
सुर्खेत । जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा सकेट बम फेला परेको छ । शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका हुन् ।
सकेट बम फेला पर्ने बित्तिकै प्रहरी र सेनालाई जानकारी दिइएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए ।उनका अनुसार बम खिया लागेको अवस्थामा छ । मोटो जीआई पाइपबाट बनेको जस्तो देखिन्छ ।
बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिइएको छ । बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरेर बसेका छन् ।


समितिको सानो हलको पछाडिपट्टि बम फेला परेको हो । यो बम संकटकालमा माओवादीले छोडेको हुन सक्ने आशंका गरिएको छ । कार्यालय खुले पनि काम गर्ने अवस्था नरहेको प्रमुख आचार्यले बताए ।

नेपाल कर्म । २२ भाद्र २०८२, आईतवार ११:४१