गण्डकी लाइनमा सडक मिचेर बनाएका संरचना हटाइँदै

सुर्खेत । सडकको मापदण्ड विपरित बनाइएको अवैध संरचना हटाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ३ मा पर्ने गण्डकी लाइनको पूर्वतर्फमा रहेको मापदण्ड विपरितका संरचना हटाइएको हो ।




यसअघि गणेशजल बहुउदेश्यीय सहकारी संस्थाले आइएमई र एटीम सञ्चालन गरेको घर हटाउन वडा कार्यालयले १५ दिने सूचना प्रकाशन गरेको थियो । तर घरधनीले निर्धारित समयभित्र संरचना नहटाएपछि पुनः यहीँ असार ८ गते अन्तिम सूचना जारी गरेको हो ।

आईएमई बसेको घर राजमार्गको बाटो र सेड ब्याकको मापदण्ड विपरित निर्माण गरेकाले भत्काउन सूचना दिँदा पनि अटेर गरेकाले दोस्रो पटक सूचना प्रकाशीत गरिएको वडाध्यक्ष विनोद सिंह विष्टले जानकारी दिए । उनकाअनुसार वडा कार्यालयले डोजर लिएर हटाउने तयारी गरेको बेला घरधनीले आफै हटाउन शुरु गरेका छन् ।

हटाए जस्तै गरेमा आज नै डोजर लिएर मापदण्ड विपरितका संरचना भत्काउने अध्यक्ष विष्टले बताए । संरचना भत्काउने क्रममा हुने क्षतीकाे जिम्मेवारी स्वंयम घरधनी हुने उनकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया