कर्णाली राजमार्ग पुन अबरुद्ध


सुर्खेत । पहिरोले कर्णाली राजमार्ग पुन बन्द भएको छ । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका–१ गगने खोलामा मंगलबार दिउसो खुलेको सडकमा बेलुका साझ ६ बजे पुन पहिरो गएपछि राजमार्ग ठप्प भएको छ ।



कर्णाली राजमार्गको कालेखोलामा भासिएको सडकमा ग्याबिन पर्खाल हालेर शनिबार दिउँसो सञ्चालनमा आएको राजमार्ग शनिबार राति ९ बजे गगने खोलामा पु नः पहिरो गएर सडक अवरुद्ध भएको थियो, शनिवारदेखि मंगलबार दिउसो सम्म सडक अबरुद्ध भएको थियो ।

दिउसो केही समय सडक खुलेपनि बेलुका ६ बजेपरेको बर्षासंगै पुन राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया