अवैध लागूऔषधसहित ६ जना पक्राउ

सुर्खेत । प्रहरीले अवैध लागूऔषध र लागूऔषध सेवन गरेकाे आरोपमा ६ जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले सुर्खेतबाट एक जना र जुम्लाबाट पाँच जनालाइ पक्राउ गरेकाे जनाएकाे हाे ।



पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ ठेउरी सुर्खेत बस्ने २० वर्षीय प्रकाश चौधरीलाइ घरबाटै पक्राउ गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ । कार्यालयकाअनुसार अवैध लागूऔषध छ भन्ने आशंकाका आधारमा प्रहरी चौकि बाङ्गेसिमलबाट खटिएकाे प्रहरीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध १५० मिलिग्राम बरामद गरेकाे छ ।

यता, जुम्लाकाे चन्दननाथ नगरपालिका–२ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान नजिकै रहेकाे जुगाड खोला किनाराबाट दुइ जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गुठिचौर गाउँपालिका–५ का १९ वर्षीय नरेन्द्र सार्की र साेही ठाउाँका १८ वर्षीय बिशाल सार्की छन ।

लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी र लागूऔषध ब्युरोसहितको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेकाे प्रदेश प्रहरीकाे भनाइ छ ।

प्रहरीले नरेन्द्रकाे जाकेटको माथिल्लो खल्तीबाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ८६० मिलिग्राम बरामद गरेकाे जानकारी दिएकाे छ । यस्तै, चन्दननाथ नगरपालिका-४ भारतीवाडाबाट ४८ वर्षीय खगेन्द्र भण्डारी,  कनकासुन्दरी गाउँपालिका-२ का २९ वर्षीय लालबहादुर रोकाया र साेही ठाउँका वडा नम्बर ६ बस्ने ४६ वर्षीय हरे राम खत्रीलाइ समेत पक्राउ परेका छन् ।

उनीहरूले लागूऔषध सेवन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी र लागूऔषध ब्युरोसहितको संयुक्त प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिएकाे प्रदेश प्रहरीकाे भनाइ छ ।

उनीहरूकाे साथबाट प्रहरीले लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध ९३० मिलिग्रामसमेत बरामद गरेकाे छ । पक्राउ परेका सबैलाइ हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे प्रहरीकाे भनाइ छ ,

तपाईको प्रतिक्रिया