जनजागृतिमा डिजिटल शिक्षण सिकाईको शुरुवात

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १२ सुर्खेतमा रहेको जनजागृत प्राथमिक विद्यालयमा डिजिटल पद्धतिबाट पठनपाठन शुरु गरिएको छ । पदमपुरमा रहेको विद्यालयमा शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउन यसअघि आधारभूत तालिम सञ्चालन गरिएको थियो ।




ओलीई र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा विद्यालयमा डिजिटल शिक्षण शुरु गरिएको प्रधानाध्यापक ज्ञानु गैरेले जानकारी दिइन् । आधारभूत तालिमसँगै आइतबार डिजिटल शिक्षणमा रहेका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको गैरेले बताइन् ।

हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर–१२ नम्बरका वडाध्यक्ष चुडामणि चपाइँसहितको टोली सहभागी थियो । डिजिटल शिक्षण सीपमा मल्टिमिडियाबाट प्रस्तुतीकरण, इन्टरएक्टिभ ह्वाइटबोर्ड, शैक्षिक एपहरू र अनलाइन सिकाइ प्लेटफर्महरू प्रयोग गरेर विद्यार्थीहरूलाई सिकाइमा संलग्न गराइने उनको भनाई छ ।

डिजिटल सीप भएका शिक्षकहरूले भर्चुअल कक्षा सञ्चालन गर्न, डिजिटल सामग्री सिर्जना गर्न, डिजिटल माध्यमबाट विद्यार्थीहरूको मूल्याङ्कन गर्न र सहकार्यात्मक सिकाइ गर्नमा टेवा पुग्ने विश्वास उनको छ ।

डिजिटल सीपको विकासले सिकाइलाई अझ अन्तक्र्रियात्मक, व्यक्तिगत आवश्यकतामा आधारित सिकाइ र पहुँचयोग्य बनाउन सहयोग पुग्ने उनी बताउँछिन् । डिजिटल संसारमा शिक्षक र विद्यार्थी दुवैले प्रविधिको प्रभावकारी प्रयोग गरिरहेपनि कक्षाकोठामा यो विधि लागूहुँदा सिकाई दर पढ्ने विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया