कर्णाली राजमार्ग पुनः अवरुद्ध


सुर्खेत। कर्णाली राजमार्गको विभिन्न खण्डमा कतै पहिरो र कतै सडक भासिदा पुनः अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोट जिल्लाको विभिन्न खण्डामा पहिरो आउँदा र सडक भाँसिदा अवरुद्ध भएको हो ।



अविरल वर्षाले पहिरो खस्दा र सडक भाँसिदा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएका छन् ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको हो । कालेखोलामा सडक भासिएको छ, भने गगने खोला र एसमोड लगायतका ठाउँमा पहिरो खसेको छ । पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनले हुल्मदेखि दहीखोलामा पहिरो खसेको खबर आएको बताए । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

तपाईको प्रतिक्रिया