
सुर्खेत । हुम्लाको ताजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गर्नको आरोपमा तीन जना गाउँपालिकाका कर्मचारी पक्राउ परेका छन् । महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गर्न खाेजेकाे आरोपमा ताजाकोट गाँउपालिका– ३ मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा पक्राउ परेका हुन् ।
उनीहरुले मदिरा खाएर भदौं १० गते राती एउटा संस्थामा कार्यरत महिलालाई यौन दुव्र्यहारको प्रयास गरेका थिए ।
हुम्लाको ताजाकोट गाउँपालिकामा स्वास्थ्य सम्बन्धि काम गर्दै आएकी ती महिलाको कोठामा गएर अपशब्द बोलेका थिए । राती महिलाको कोठाका गएर अपशब्द बोल्दै यौन दुव्र्यहार गर्न खोजेपनि आफु कार्यरत संस्थाको काठमाडौं कार्यालयमा राती फोन गरेकी थिइन् । संस्थाको काठमाडौं कार्यालयले जिल्ला प्रहरी कार्यालय हुम्लालाई फोन गरेर घटनाका बिषयमा जानकारी गराएपछि प्रहरीले यौन दुव्र्यहार गर्ने खोज्नलाई तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।


१० भदौंको राति करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्धक बनाएर राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राति नै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए । ‘उहाँहरुलाई राती नै हामीले ल्याएका छौँ । पीडित महिलाको बयान अनुसार मुद्दा दर्ता गरेर म्याद थपका लागि जिल्ला अदालतमा लैजान्छौँ,’ उनले भने, ‘उनीहरु तीनै जनाले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ । वाँकी कुरा अनुसन्धानबाट खुल्नेछ ।’

नेपाल कर्म । १२ भाद्र २०८२, बिहीबार १७:०१