कर्णाली राजमार्ग सञ्चालनमा


सुर्खेत । कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । मंगलबार राती कर्णाली राजमार्गको कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–२ कालेखोला नजिकै सडक भासिएपछि सडक अबरुद्ध बनेको थियो ।



सडक डिभिजन कार्यालयले सडक बनाएपनि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड सञ्चालनमा आएको छ ।

कालीकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरेर दिउँसो चार बजेबाट सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया