प्रदेश अस्पतालबाट नागरिकलाई दिने सेवा सुबिधाको कमी नहोस् : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सुर्खेत कालागाउँबाट पाउने सबै प्रकार स्वास्थ्यका सेवा सुबिधाबाट नागरिकबाट बन्चित नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट भइरहेको सेवा प्रवाह, देखिएका समस्या तथा सुधारका विविध पक्षहरूबारे सोमबार अस्पताल व्यस्थापनसहित सम्बन्धित विभागिय प्रमुखहरूबीच छलफल गरेका हुन् ।



कर्णाली प्रदेश अस्पतालबाट नागरिकको जुन विश्वास रहेको त्यही विश्वास तपाईहरुले नागरिकलाई दिनुपर्नेमा मुख्यमन्त्री कँडेलले बताए । ‘नागरिकका जुन गुनासा सुनिएका छन्,’ उनले भने,‘यही भएको जनशक्ति भरपुर प्रयोग गरेर स्वास्थ्यका पाउने सेवा सुबिधाबाट बन्चित नगर्नुहोला ।’

विगतमा अस्पतालमा व्यवस्थापन केही समस्या भएपनि अहिले अस्पतालका निर्देशक नियुक्त भइसकेको अवस्थामा झन प्रभावकारी सेवा दिनु पर्ने मुख्यमन्त्री कँडेलले बताए । ‘केही निर्देशक नियुक्त गरेन भनेर सरकारलाई गाली दिने काम भयो,’ उनले भने,‘अब नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिनेतिर सबैले सोच्न जरुरी रहेको छ ।’

जनशक्तिको सिमितता र बढ्दो विरामीको चापबीच सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्रालय, अस्पताल व्यवस्थापन तथा विभागिय प्रमुखहरूबाट प्रतिबद्वता व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया