बाढीमा बगेका छात्राको उद्दार गर्ने देवकोटालाई विद्याज्योतिको सम्मान

सुर्खेत । वीरेन्द्रनगर–८, सुर्खेतस्थित विद्याज्योति निकेतनले आफ्ना दुई जना छात्रालाई बाढीबाट उद्दार गर्ने एक व्यक्तिलाई नगदसहित सम्मान गरेको छ । आइतबार तिज विशेष कार्यक्रम–२०८२ को अवसरमा १५ श्रावण २०८२ को अविरल वर्षाका कारण आएको बाढीले नालामा बगेका विद्यालयका छात्राहरु निरा शाह र रितु सिंहको उद्दार गर्ने वीरेन्द्रनगर–११, का उदयराज देवकोटालाई सात हजार पाँच सय रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।



साथै, छात्रा सिंहका अभिभावक भुमिका चन्द देवकोटालाई थप दुई हजार पाँच सय रुपैयाँ नगद प्रदान गरेकी थिइन । वीरेन्द्रनगर–८, गौरीशंकर चोक नजिक नालामा डुबेर बगिरहको अवस्थामा देवकोटाले नालाभित्रबाट झण्डै दुई सय मिटर बगेर छात्राहरुलाई बचाएका थिए ।

कार्यक्रमका प्रमुख अथिति वीरेन्द्रनगर–८, का वडाध्यक्ष टिकाराम शर्माले तीजको महत्वसँगै शुभकामना प्रकट गरे । उनले ज्यानको प्रवाह नगरी विद्यालयका छात्राहरुको उद्दार गर्ने देवकोटाको प्रशंसा गरेका थिए ।

कार्यक्रमका अवसरमा तीजको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । कार्यक्रमको विशेष अतिथि नेशनल प्याब्सनकी केन्द्रीय सदस्य गायत्री राना, बहुमुखी सहकारी संस्थाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए ।

उद्योग बाणिज्य संघका अध्यक्ष एव सहकारीका सचिव हर्ष विक्रम खड्का, सहकारी सदस्य अमृता सुबेदी, ओम गौतम, लेखा सदस्य लिला शाही, शिक्षक अभिभावक संघका सदस्य, विद्यार्थी तथा उनीहरुका अभिभावक एवम् शिक्षक तथा कर्मचारीहरुको उपस्थितीमा तीजको शुभकामना आदानप्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया