
सुर्खेत । सुर्खेतमा चार जना नक्कली परीक्षार्थी प्रहरीले पक्राउ गरेको छ । लोकसेवाको परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भदौ ४ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ स्थित रहेको लोकसेवा आयोग, सुर्खेत कार्यालयमा सञ्चालन भईरहेको संचार/ईन्जिनियर प्राविधिक प्रहरी जवान परिक्षामा नागरिकता र प्रवेश पत्रमा फोटो बदली सट्टामा परीक्षा दिन आएका चार जना नक्कली परिक्षार्थीहरुलाई उक्त परिक्षा केन्द्रमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसी तथा प्रवक्ता मोहनजंग बुढथापाले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका– १२ का धर्मराज चनराको सट्टामा दिन आएका कुशे गाउँपालिका–७ सामाकोटका २५ वर्षीया श्यामसंकर सिंह, दैलेख भगवतीमाई गाउँपालिका– ५ का सुशिल शाहीको सट्टामा दिन आएका सोही ठाउँ वडा न. ७ का २० वर्षीया भरत तिरुवा रहेका छन् ।


उनीहरुलाई लिखत तथा किर्ते कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । ५ भाद्र २०८२, बिहीबार १७:४४