पेचिलो बन्दै कर्णालीको सत्ता राजनीति


सुर्खेत । पछिल्लो समयमा कर्णालीको सत्ता राजनीतिक पेचिलो बन्दै गएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहिबार भेटेपछि सत्ता साझेदार दलहरुमा असन्तुष्टी सार्वजनिक भएको हो ।



कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चाबीच देउवालाई भेट्न मुख्यमन्त्री कँडेल बुढानिलकण्ठ निवासमै पुगेका थिए । उनले आफुले देउवालाई भेटेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएपछि नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले असन्तुष्टि सार्वजनिक गरेका हुन् । कांग्रेस नेता किरण वलीले शेयर गरेका थिए । उनले शेयर गरेको पोष्टमा प्रतिकृया दिदै शाहीले मुख्यमन्त्री कँडेलले सभापति देउवासमक्ष ‘मलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर भनेको र देउवाले आफुलाई सो बारेमा जानकारी दिएको’ टिप्पणी गरेका छन् ।

‘मलाई जीवन शाहीले आजै हट भोलि नै हट भनेर रिपोर्टटिङ गर्नुभएछ त मेरो ११ बजेको भेटमा सभापति ज्यू भन्दै, हनुहुन्थ्यो,’ शाहीले कमेन्टमा लेखेका छन् ।

केही दिन अघि एमालेको संसदीय दलले नेपाली कांग्रेसका सत्ता साझेदारको मर्म अनुसार नचलेको निष्कर्ष निकालेको थियो । त्यस्तै, केही दिन अघि सरकारले आयोजना गरेको एउटा कार्यक्रम कांग्रेसका सांसदहरुले बहिष्कार गरेका थिए ।

तपाईको प्रतिक्रिया