
सुर्खेत । बर्दियाको गुलरिया नगरपालिका–१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई आक्रमण गरेपछि चितुवाले करिब ५० मिटर टाढासम्म घिसारेर लगेको अवस्थामा उनको शव फेला परेको थियो ।


घटनापछि गुलरिया–१२ स्थित भैसाही गाउँका स्थानीय बासिन्दा त्रसित बनेका छन्। पीडित परिवार तथा स्थानीयले मानव बस्तीमा पसेर आक्रमण गर्ने हिंस्रक चितुवालाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले घटनास्थललाई सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

नेपाल कर्म । ३१ श्रावण २०८२, शनिबार १६:५८