
सुर्खेत । कर्णाली प्रदेशका दुई सय १३ जना युवाहरुलाई मौरी व्यवसाय सम्बन्धी तालिम प्रदान गरिएको छ । इन इलम परियोजना हेल्भेटास नेपालको सहयोगमा नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश सुर्खेतले उक्त तालिम प्रदान गरेको हो ।

मौरीपालनको सम्भावना रहेको कर्णाली प्रदेशका जाजरकोट , दैलेख र सुर्खेतका युवाहरुहरुलाई मौरी बीमा लेख तथा उद्यमशिलता विकास तथा व्यवसायिक योजना निर्माण तालिम प्रदान गरिएको महासंघका संयोजक खगेन्द्र भण्डारीले बताए । ‘मौरी व्यवसायको संरक्षण तथा व्यवसायमा जोखिम कम गर्नका लागि मौरीपालन व्यवसायको बीमा गर्ने योजना रहेको छ,’ उनले भने,‘तिन वटै वटै जिल्लाका एक हजार मौरीका गोलाको बीमा गर्ने योजना रहेको छ ।’
तालिमका सहभागीहरुले मौरी व्यवसायमा आफ्नो महको लागतवारे समेत जानकारी प्राप्त गरेका छन् ।

उद्यमशिलता तालिममार्फत मौरीपालक उद्यमीले आफ्नो व्यवसाय कस्तो अवस्था छ र अब कसरी अगाडी वढाउने विषयमा जानकारी पाएका छन् ।
उनीहरुले उद्यम व्यवसाय गर्दा हुने जोखिम तथा जोखिम कम गर्ने उपायकाबारे समेत जानकारी प्राप्त गरेका छन् । व्यवसायिक योजना मार्फत मौरीपालनमा हुने लगानी र त्यसवाट हुने प्रतिफल तथा लाभ लागतका बारे जानकारी पाएर व्यवसायमा भएको नाफा नोक्सानवारे जानकारी प्राप्त गरेको भण्डारीले बताए ।

मौरीपालन व्यवसाय अगाडी बढाउन तथा व्यवसायवाट फाइदा लिनका लागि व्यवसायिक योजना आवश्यक भएको तालिमका सहभागी हिरा आचार्यले बताइन् । व्यवसाय सफल बनाउनका लागि व्यवसायिक योजना आवश्यक रहेको उनको भनाई थियो ।
मौरीपालनका व्यवसाय विस्तारका लागि महत्वपूर्ण तालिम प्राप्त भएको सुर्खेत वीरेन्द्रनगर–९ का सुरेन्द्र विसी बताए । ‘व्यवसाय गरेको भएपनि योजना बिना योजनाको भएकाले खासै नाफा लिन सकेको थिइन्,’ उनले भने,‘तालिम प्राप्तपछि योजना अनुसार व्यवसाय सञ्चालन गर्नेछु ।’
तालिममा सहभागीहरुले आफ्नो व्यवसायको व्यवसायिक योजनासमेत तयार गरेका छन् ।
मौरीपालक किसानहरुको व्यवसायको संरक्षणका लागि मौरी गोला बीमा गर्ने र क्षतिको दाबी प्रक्रियाका बारेमा समेत उद्यमीहरुले जानकारी प्राप्त गरेका छन् । महको मुल्य निर्धारण तथा व्यवसायीको महको लागत निर्धारणका लागि तालिम आयोजना गरिएको सहभागीहरुले बताएका छन् । वताए।
नेपाल कर्म । ३० श्रावण २०८२, शुक्रबार १४:५४