दैलेखमा १३ वर्षीय बालिकालाई लखेटेर गरियो बलात्कार, आरोपित दुवै जना पक्राउ

सुर्खेत । यहीँ साउन २२ राती दैलेखमा एक बालिका साथीहरुसँग तीजको नाच हेर्न जान्छिन् । नाच हेर्दै गर्दा मध्य रातको १ बज्यो । ति बालिकासहित साथीहरु घर फर्किन्छन् । बाटोमा आउँदा दुई जनाले जिस्काउछन् ।



एक्काशी हिडिरहेको बेला बालिकाहरुलाई दुई जना युवाले झम्टिन्छन् । मध्य रातमा घर फर्किदै गर्दा हातपात नै गरेपछि भाग्न खोज्छन् । तर दानव रुप धारण गरेका दुई जना युवाहरुले एक जना बालिकालाई ढुंगाले हान्छन् ।

ढुंगा ति बालिकाको दाहिने हातमा लाग्छ र ढल्छिन् । दुवै जना युवाले बालिकालाई पालैपालो बलात्कार गर्छन् । भागेर गएका साथीहरुले गाउँमा हल्ला गरेपछि तत्कालै गाउँबाट स्थानीय घटनास्थल पुगेर बालिकाको उद्दार गर्छन् ।

ढुंगाले हानेर मर्किएकाे बालिकाकाे हात – 1

लगत्तै स्थानीयलाई घटनाबारे प्रहरीलाई जानकारी गराउँछन् । ईलाका प्रहरी कार्यालय दुल्लु र जम्बुकाँधको प्रहरी टोली लगत्तै घटनास्थल पुग्छ । राती नै बालिका बालात्कृत गर्ने युवाहरुलाई पक्राउ गर्ने प्रयास प्रहरीले ग¥यो तर सफल भएन् ।

यो घटना दैलेखको हो । तीजको नाच हेरेर घर फर्किदै गरेकी १३ वर्षीय बालिका बलात्कृत भएकी हुन् । बालिकालाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ दैलेखका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । जाहेरीको आधारमा आरोपित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बालिकाको दाहिने हात मर्केको, गुप्ताङ्गमा घाउ हुनुसंगै रक्तश्राव भइरहेकाले उनको अहिले दैलेख अस्पतालमा उपचार भइरहेको छ । बालिकाको अहिले स्वास्थ्य सुधार भइरहेको छ ।

अहिले पीडित बालिकालाई आश्रय र कानूनी उपचारमा सोसेक नेपालले सञ्चालन गरेको सेफ हाउसबाट सघाइरहेको कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया