भूसंरक्षण दिवसका अवसरमा बृक्षारोपण


सुर्खेत । ५२ औं भूसंरक्षण दिवसको अवसरमा वीरेन्द्रनगर–१ त्रिपुरेश्वर शिव मन्दिरको परिसरमा बृक्षारोपण गरिएको छ । ‘समय समाधान, प्रकृतिमा ‘जलवायुयुक्त प्रकोपहरुको समय समधान, प्रकृतिमा आधारित एकीकृत जलाधार व्यवस्थापन’ भन्ने मूल नाराका साथ दशनामी समाजको आयोजनामा बृक्षारोपण गरिएको हो ।



सधि, धुपी, कल्ली, सनिसान, रजबृक्ष, रिठ्ठा, पारीजातलगाएतका करिब ८० जातका विरुवाहरू बृक्षारोपण गरिएको थियो ।

त्रिपुरेश्वर काम शिव मन्दीर व्यवस्थापन समिती वीरेन्द्रनगर–१ सुर्खेतका अध्यक्ष वेलमाया गिरीको अध्यक्षता सम्पन्न बृक्षारोपण गरिएको थियो ।

कार्यक्रममा मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको उद्योग पर्यटन, वन तथा मन्त्रालयका निमित्त सचिव रमेशकुमार गिरी बताए । ‘वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको छ,’ उनले भने,‘जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ ।’

भू तथा जलाधार व्यवस्थापन वातावरण कार्यालय सुर्खेतका सुर्खेतकाका शिखर चपाईले जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता भएको हुनाले यसको महत्व निकै रहेको बताए ।

लाइन्स प्रथम माइस डिष्ट्रिक गर्भनर टिकाराम चपाईले बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्ने गरेको बताए ।

दशनामी समाज अध्यक्ष वेलभद्र पुरीले वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्ने गरेको बताए ।

तपाईको प्रतिक्रिया