पूर्व राज्यमन्त्री बस्यालको निधन

सुर्खेत । नेपाली काँग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री खड्कबहादुर बस्यालको निधन भएको छ । ७४ वर्षीय बस्यालको वीरेन्द्रनगर–३ सुर्खेतमा रहेको घरमै आज निधन भएको हो ।




बस्याल नेपाली काँग्रेस सुर्खेतको पूर्व उप–सभापति, दलित संघको पूर्व केन्द्रीय अध्यक्ष र २०६४ सालमा पूर्व स्वास्थ्य राज्यमन्त्री थिए । राजनीतिकसँगै समाज सेवामा सक्रिय रहने बस्यालकाे निधनले एक कुशल राजनीतिज्ञ गुमाएकाे नेपाली काँग्रेसका पूर्व सभापति कमलराज रेग्मीले जानकारी दिए ।

बस्यालका आठ छोरी र एक छोरा छन् । उहाँ विगत दुई महिनादेखि विरामी रहेको रेग्मीले बताए । उनकअनुसार बस्यालको आजै दिउँसो भेरी नदीमा अन्तिम संस्कार गरिने छ ।

तपाईको प्रतिक्रिया