तिला नदीमा जीप खस्यो, सात जनाकाे उद्दार

सुर्खेत । जुम्लाबाट सुर्खेत आउँदै गरेको जीप कालिकोटमा दुर्घटना भएको छ । खुलालु–जुम्ला सडक खण्डको खाँडाचक्र नगरपालिका–१० गोलुवामा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जीप दुर्घटना भएको हो ।



दुर्घटनामा घाइतेको उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलले जानकारी दिए । उनकाअनुसार जीप सडकबाट अन्दाजी एक सय मिटर तल तिला नदी किनारामा खसेको छ ।

जीप सवार सबैको उद्दार गरिसकिएको छ । घाइतेहरुको सनखात हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया