भक्तपुरमा मृत भेटिएका सुर्खेतका दिदी बहिनीको भेटिएन मृत्युको कारण

सुर्खेत । यहीँ साउन ८ गते भक्तपुरमा मृत अवस्थामा भेटिएका सुर्खेतका दिदी बहिनीको मृत्युको कारण अझै खुलेको छैन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने सुर्खेतका दुई किशोरी कोठामा मृत अवस्थामा फेला परेका थिए। अहिलेसम्म मृत्युको कारण आत्महत्या बाहेक अन्य ठोस कारण खुलि नसकेको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले नेपालकर्मलाई जानकारी दिए ।



‘पोष्टमार्टम रिपोर्ट आएको छ । त्यसमा आत्महत्या नै उल्लेख छ,’ ढुंगानाले भने, ‘हामी अनुसन्धानमै छौं । त्यो बाहेक थप नयाँ तथ्य केही खुलेको छैन् ।’ ढुंगानाकाअनुसार दुवै जनाले चलाउने मोबाईल परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोेगशालामा पठाइएको छ ।

फेसबुक म्यासेन्जर, ह्वाटसप लगायत सामाजिक सञ्जालका अन्य प्लाटफर्मबाट कुनै कारण भेटिन्छ की भनेर अनुसन्धानकै चरणमा रहेकाले रिपोर्टपछि थप करण खुल्ने उनी बताउँछन् । मोबाईल नम्बरको कल विवरणको रिपोर्टसमेत प्राप्त भइनसकेकाले अहिल्यै नै आत्महत्याका लागि कसैले दवाव दिएको हो वा हैन भन्न नसकिने ढुंगाना बताउँछन् ।

परिवारका सदस्य आफ्नो सम्पर्कमा रहेको र हत्या नै गर्न उक्साएको विषयमा जाहेरी नआएपनि प्रहरीले अनुसन्धान जारी राखेको उनले बताए ।

भक्तपुरका स्थानीय निरज चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए । घरधनीका अनुसार दुई साताअघिमात्र ती किशोरीहरु डेरामा बस्न आएका थिए । मृतक दिदीबहिनी भारतबाट हराएका थिए ।

‘कम्प्युटर कक्षा जान्छौं’ भनेर घरबाट निस्किएका दिदीबहिनी बेलुका सात बजेसम्म पनि फर्किएका थिएनन्। घर नफर्किएपछि परिवारले खाेजीका लागि भारतीय प्रहरीलाइ शुरूमा जानकारी गराएका थिए । भारतमै रहेका बुबा आमालाइ  कान्छी छोरी सृजनाबाट म्यासेज गरेका थिए “हामी यहाँ छैनौँ, बैंगलोर गयौँ, पैसा कमाएरमात्र फर्कन्छौं।”

उनीहरूकाे हराएकाे केही समयमै दुवै जना भक्तपुरमा मृत भेटिएका थिए ।

तपाईको प्रतिक्रिया