नापी पेशाकर्मी समाजकाे स्थापनामा मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिता गरिँदै

सुर्खेत । मध्यपश्चिम नापी पेशाकर्मी समाजको स्थापना दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको छ । समाजको १६ औं स्थापना दिवसको अवसरमा यहीँ साउन २२ गते जिल्ला ब्याटमिन्टन संघको कभर्ड हलमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।



आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएका समाजका अध्यक्ष लोकप्रसाद धमालाले जानकारी दिए । प्रतियोगितामा देशभरका नापी पेशाकर्मीहरुबिच गर्न लागिएको उनले बताए ।

नापी पेशाकर्मीबिच एकता, भाइचारा र साझा हितका लागि स्थापना भएको समाजले प्रतियोगितामा तीन वटा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछ । भेट्रान, सिनियर र जुनियरविच हुने छुट्टाछुट्टैविच हुने प्रतिस्पर्धाबाट उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने धमालाले बताए ।

भेट्रानतर्फ प्रथमले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, सिनियर र जुनियरतर्फ प्रथमले ४० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार पुरस्कार र ट्रर्फिको व्यवस्था गरिएको छ ।

खेलका लागि हालसम्म ५० टिमले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिताको उद्घाटन वीरेन्द्रनगरका नगर प्रमुख मोहनमाया ढकालले साउन २२ गते दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता साउन २४ गतेसम्म सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया