सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको १३औँ नगर सभा सुरु भएको छ। आइतबार सुरू भएको नगरसभाले आगामि आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्।
नगर प्रमुख ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, विकास पूर्वाधार र खानेपानीमा विशेष फोकस गरिएको बताइन्।



यस्तै, जसमा संविधानको कार्यान्वयन गरि वीेन्द्रनगर नगरपालिका भित्रका सेवा क्षेत्र विद्यालयहरूका विद्यार्थीहरूलाई कक्षा १ देखि १० सम्म निःशूल्क शिक्षा प्रदान गर्ने, भेरी पम्पिङ खानेपानी आयोजना निर्माण गर्ने जस्ता नीति पालिकाले लिएको छ।
यस्तै, नगरपालिका भित्रका नागरिकहरूलाई निःशुल्क बीमा गरि स्वास्थ्यको पहुँचमा पु¥याने, युवाहरुको उद्यमशिलताका लागि करियर काउन्सिल सेन्टर खोलेर उद्यमी बनाउने, ‘मेयर शैक्षिक सुधार कार्यक्रम’ अन्तरगत विद्यालयको गुणस्तर र नबनाई नहुने भौतिक पूर्वाधारलाई अगाडी बढाउनका लागि योजना अगाडी सारेको छ।

नेपाल कर्म । १० असार २०८०, आईतवार १६:००