मौसम प्रतिकुलहुँदा घाइते लिएर आएको हेलिकोप्टर सुर्खेतकाे बड्डीचौरमा अवरतण

सुर्खेत । कालिकोटमा भएको गाडी दुर्घटनाका घाइतेलाई लिएर आएको हेलिकोप्टर सुर्खेतको बड्डीचौरमा अवरतण गरेको छ । सुर्खेतमा वर्षा भइरहेकाले मौसम प्रतिकुलहुँदा हेलिकप्टर बड्डीचौरमा सुरक्षित अवतरण गरेको हो ।



कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. रुवी थापा सवार गाडी कालिकोट–जुम्ला सडक खण्डको कालिकोटमा खाडाचक्र नगरपालिका–१ दुर्घटनामा परेको थियो ।

पाेखरा महानगरपालिका-२९ कास्की निवासी थापासहित पाल्पाकी कल्पना नेपाल आचार्यसमेत जुम्लाबाट सुर्खेत आउँदै गरेकी थिइन् । सडकबाट १० मिटर तल खसेकाे गाडीमा घाइते दुवै जनाकाे प्रहरीले उद्दार गरेर कालिकाेट जिल्ला अस्पताल पुर्याएकाे थियाे ।

डा. थापालाइ बढी नै चाेट लागेकाले उद्दारका लागि नेपाली सेनाकाे हेलिकाेप्टर सुर्खेतबाट कालिकाेट गएकाे थियाे । फर्किने क्रममा माैसम प्रतिकुलहुँदा बराहताल गाउँपालिका-५ बड्डीचाैरकाे खेलकुद मैदानमा अवतरण गरेकाे सुर्खेत विमानस्थलले जानकारी दिएकाे छ ।

घाइते दुवै जनालाइ नेपालगञ्ज लगिदै थियाे । माैसम प्रतिकुल रहेपछि घाइते दुवैकाे उद्दारका लागि वीरेन्द्रनगरबाट एम्बुलेन्स पठाइएकाे छ ।

तपाईको प्रतिक्रिया