राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघले ग-र्यो शाखा प्रबन्धकसँग छलफल


सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ कर्णाली प्रदेश समितिले बैंकका शाखा प्रबन्धकसँग भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संघले बैंकका शाखा प्रबन्धकसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।



राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष चन्द्रप्रकाश बरालको अध्यक्षतामा कर्णाली प्रदेश क्षेत्र भित्रका राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रबन्धकहरूसँग यस क्षेत्रमा रहेका सम्भावना, अवसर, लगानी र चुनौती तथा संघ प्रति सल्लाह, सुझाव, गुनासो र प्रतिक्रिया बिषयमा बृहत छलफल भएको छ ।

यस क्षेत्रको आर्थिक विकास र संम्भावना, बैंकको विकास, विस्तार र नाफा तथा सेवा बृद्धिमा यस संघले अझ खेल्न सक्ने भूमिका र कर्मचारीको समस्या समाधान, हक, हित र अधिकार प्रवर्द्धनमा संघले खेलिरहेको भुमिका लगायतका बिषयमा बृहत अन्तरक्रिया भएको संघका सचिव विष्णु पौड्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया