
सुर्खेत । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज को अवसरमा मौलिक भाका र चेलीे मनोभावनालाई समेटेर सर्जक तथा गितकार प्रेम संगमले ‘नाचम बरिलै’ बोलको अडियो भिडियो सार्वजनिक गरेका छन् । गीत शुक्रबार प्रतिक्षा सिजापती युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा प्रेम संगम कै शब्द रचना रहेको छ भने लय सिर्जना राजकुमार बगरको र गीतको संगीत संयोजन रमेश सेन्चुरी गर्नुभएको छ । गितमा रचना रिमालले आफ्नो सुमधुर स्वर दिएकी छिन् ।

पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘नाचम बरिलै’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कर्णाली प्रदेशकै एक कोहिनुर हिरा का रुपमा परिचित बरिष्ठ कलाकार प्रेमदेब गिरी, राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान कर्णाली प्रदेश की अध्यक्ष हरिमाया कार्की साथै नव नायक लक्ष्मण लामिछाने मार्मिक अभिनय देख्न सकिन्छ भने चर्चित मोडल लक्ष्मी गिरीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।
भिडियो को निर्देशन चन्द्र ब. मन्दिरले ले गरेका हुन्, मन्दिर आफै राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान सुर्खेत जिल्ला का अध्यक्ष पनी हुन् । गितको पोस्ट प्रोडक्सन कसपा एण्ड कृतिका प्रोडक्सन र श्रीनाथ फिल्मस् सुर्खेतबाट भएको हो ।

यस ब्यानरबारटहालसम्म तिन सय भन्दा बढी भिडियोहरु सार्वजनिक भईसकेका छन् । गितको छायांकन, सम्पादन तथा रंग संयोजन निर्मल प्याकुरेलको रहेको छ । दुई सय भन्दा बढी म्युजिक भिडियो, दर्जनौ टेलि–चलचित्र साथै चलचित्र समेत निर्देहन गरिसकेका प्याकुरेलले कर्णाली प्रदेशमा यस बर्षकै उत्कृत भिडियो निर्माण भएको दाबी गरेका छन् ।
‘नाचम बरिलै’ केवल तीजको गीत नभई, नेपाली हिन्दू महिलाको भोगाइ, पीडा र मनको आवाज समेटिएको सांगीतिक दस्तावेज हो । गीत तथा भिडियो मार्फत माइतीप्रतिको आत्मीयता, समाजमा चेलीको स्थान र तीजको वास्तविक मर्म उजागर गर्न खोजिएको छ ।
चेलीको भावनात्मक अवस्था र तीजको सांस्कृतिक सन्दर्भलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको जानकारी गितकार प्रेम संगमले बताएका छन् । उनले यो भन्दा अघी ‘निदाउन सक्दिन’ र ‘तिमि त दुश्मन बनेर गयौ’ बोलका गित बजारमा ल्याईसकेका छन् ।
समग्रमा, शब्द, संगीत, स्वर र भिडियोको उत्कृष्ट संयोजनले यो गीतलाई एक अब्बल तीज कोशेली बनाएको छ । गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
नेपाल कर्म । १६ श्रावण २०८२, शुक्रबार २०:५०