नेपाल खेलकुद महासंघ कर्णाली अध्यक्षमा हमाल

सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णाली प्रदशको अध्यक्षमा प्रमोद हमाल निर्वाचित भएका छन् । महासंघको वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट हमालको अध्यक्षमा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।



समितिको उपाध्यक्षद्वय डम्बरबहादुर शाही र पूर्णबहादुर शाही, सचिवमा शशिराम विश्वकर्मा, उप–सचिवद्वयमा भक्तबहादु शाह र रेखा बुढा तथा जगतप्रसाद रिजाल चयन भएका छन् ।

सदस्य भुगोलमा रमेश कार्की मुगु, तिलक बुढा डोल्पा, दिलिप चौलागाई (कालिकोट), जयबहादुर बुढा (जुम्ला), बलबहादुर फडेरा (हुम्ला), नविन सिंह (जाजरकोट), दिपक मल्ल (रुकुम पश्चिम), सुदिप शाही (दैलेख), रमेश नेपाली र सन्तोष शाही (सुर्खेत) छन् ।

सदस्य खुलामा जगदिश विष्ट (कालिकोट), मानबहादुर रावल (जुम्ला), भुपेन्द्र विक (मुगु), महेश धरला (डोल्पा), तिलक बादी (रुकुम पश्चिम), ललितजंग कार्की (हुम्ला), भीमबहादुर शाही (जाजरकोट), निशा किरण राना (सुर्खेत) र जानकी तारामी मगर (सुर्खेत) छन् । बाँकी ६ सदस्य कार्य समितिको बैठकबाट मनोनित गरिनेछ ।

तपाईको प्रतिक्रिया