भेरीगंगाबाट अवैध सामान बरामद

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। भेरीगंगा–११ चिप्ले स्थित छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत नेपालगञ्जदेखि जाजरकोटतर्फ जादै गरेको भे१ ख३६५७ नम्बरको फोर्स गाडीबाट सामान बरामद गरिएको हो।



अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरी टोलीले गाडी चेकजाँच गर्दा बिल नभएको अवैध सामान फेला पारेको थियो।

प्रहरीका अनुसार एक हजार ६ सय ७४ पिस सुपर पावर, ६ सय ४६ पिस कमला पसन्द, ८५ पिस कुर्ता सुरुवाल सेट, कुर्ति ४९ पिस र सेतो सुरुवाल ९६ पिस
अवैध रहेको छ।

उक्त सामान बरामद गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया