
सुर्खेत । पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभब भएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने अबसर प्रदान गर्ने उद्देश्यका साथ नेपालगन्जमा सिद्धार्थ एकेडमी अफ टुरिज्म, हस्पिटालिटी, म्यानेजमेन्ट (साथम ) कलेज सुरु गरेको छ । लुम्बिनी बौद्ध विश्व बिद्यालयसँग सहकार्य गरी साथम कलेजले चालू शैक्षिक सत्रदेखि नेपालगन्जमा ब्याचलर इन हस्पिटालिटी, टुरिज्म म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गर्न लागेको हो ।
जुन सुकै बिषयमा प्लस टु उर्तिण भएका बिद्यार्थीले चार बर्षे बिएचटिएमको पढन सक्ने छन । यो कोर्ष पढ्नका लागि विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा तथा अन्र्तबार्ता भने पास गर्नुपर्छ ।
कलेजको एकेडमिक र प्रयोगात्मक कक्षाहरु होटेल सिद्धार्थ नेपालगन्जको परिसर भित्रै सञ्चालन हुनेछन् ।

साथम कलेजले गत बर्षदेखि नै बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो । गु्रपको भैरहवास्थित सिद्धार्थ भिलासामा यो कोर्षमा पढाइ भइरहेको छ । चालु शैक्षिक सत्रमा साथम कलेजले नेपालगन्ज र नारायणघाटमा पढाइ सुरु गर्नका लागि लुम्बिनी बौद्ध विश्वबिद्यालयबाट अनुमति पाइ सकेको छ । साथम कलेज लुम्बिनी बौद्ध विश्वबिद्यालयको लर्निङ सेन्टर रुपमा रहेको कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए ।
‘बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिज्म, फ्रन्ट अफिस, मार्केटिङ जस्ता बिषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ,’ उनले भने,‘यो कोर्ष पुरा गर्न १२४ ( १ क्रेडिट बराबर १६ घन्टा) क्रेडिट आवर पढ्नै पर्छ ।’
तीन बर्ष नेपालमा पढीसकेपछि बाँकी एक बर्ष बिदेश गएर पढ्न चाहाने बिद्यार्थीका लागि इन्टरनेशल स्टुडेन्ट एक्स चेन्च कार्यक्रममार्फत लुम्बिनी बौद्ध विश्व बिद्यालयले नै चीन र दक्षिण कोरियाका केहि विश्व विद्यालयसँग सहकार्य गरेर छात्रबृत्तिमा पढ्ने र काम गर्ने अबसर मिलाइ दिने निर्देशक श्रेष्ठको भनाई छ ।
चार बर्षे कोर्ष बिएचटिएम कोर्षमा पढ्नका लागि सात लाख ५० हजार रकम लाग्ने श्रेष्ठले बताए ।
यो कोर्षमा ८ वटा सेमिस्टर हुन्छ । पहिलो सेमिस्टरमा सत प्रतिशत पढाइ हुने, दोस्रो सेमिस्टरबाट सिक्ने र कमाउने क्रम सुरु हुने, हरेक हप्ता कम्तीमा ३० घन्टा अनिबार्य रुपमा काम गर्नुपर्ने, कोर्ष पुरा हुने समयसम्म विद्यार्थीले करिब पाँच लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर कमाउन सक्ने श्रेष्ठले बताए ।

पढाई पुरा गरे पछि सिद्धार्थ गु्रप अन्र्तगत देशैभर रहेका होटेल , रिसोट , रेष्टुरेन्ट , क्याफे ( सिद्धार्थ गु्रप अन्र्तगत पाच तारे, चार तारे र तीन तारे होटेल , रिसोट , रेष्टुरेन्ट र क्याफे गरेर ३२ वटा आउटलेट मा काम गर्ने अबसर पाउने श्रेष्ठले बताए । सिद्धार्थका आउटलेटहरुमा करिब दुई हजार कर्मचारी कार्यरत छन । जहाँ हरेक बर्ष करिब तीन सय नयाँ कर्मचारी भर्ना हुने गरेका छन ।
अन्य तारे होटल, रिसोर्टका अतिरिक्त ,ट्राभल एन्ड टुरिजम,क्याट्रिङ म्यानेजमेन्ट,इभेन्ट म्यानेजमेन्ट, गैह सरकारी संघ संस्थाका साथै आफै संचालन गरेर स्वउद्यमी पनि बन्न सकिने श्रेष्ठले बताए । ‘यो क्षेत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ,’ उनले भने,‘यो कोर्ष पुरा गरे पछि सुरुवाती जागिर मै मासिक कम्तिमा ४० हजारसम्म सहजै पारिश्रमिक पाउन सकिन्छ । आफै ब्यबसाय गर्दा त्यो भन्दा धेरै पनि कमाउन सकिन्छ ।’
होटल म्यानेजमेन्ट पढेका धेरै विद्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाइ हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ विदेशका स्टार होटल पर्ने गरेका छन । चीन, बहराइन, हङकङ मलेसिया थाइल्यान्ड, अमेरिका, अष्ट्रेलियमा नेपाली विद्यार्थी काम र पढ्नका लागि पुग्ने गरेको श्रेष्ठले बताए ।
‘पढाइ सके पछि बर्क परमिट भिषा मै विदेश जान सकिने भएकाले राम्रो काम गरे विदेशी होटलले त्यही राम्रो तलबमा राख्ने सम्भावना पनि हुन्छ । अन्य विषय पढेकाले भन्दा यो विषय पढेकाले विदेशका धेरै कमाउन पनि सक्छन्,’ उनले भने,‘परिक्षा प्रणाली पनि अन्य कलेजको भन्दा साथमको फरक छ । सय अंकको पुर्णाडकमा ६० नम्बर कलेजले बिद्यार्थीको हाजिरी, कजलेमा पढाउने क्रममा दिइने बिभिन्न असाइनमेन्ट लगायत आन्तरिक मुंल्याङकन का आधारमा र ४० नम्बरको परीक्षा कम्युटर बेस टेष्टका आधारमा लिइन्छ ।’
परिक्षा सकिएको भोलि पल्टै रिजल्ट निस्कने कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए । विद्यार्थीले प्राप्त कोर्षपुरा गरे पछि बिद्यार्थीलाई प्रदान गरिने सर्टिफिकेटमा ज्ञान ,सीप र ब्यबहारमा प्राप्त गरेको नम्बर उल्लेख हुने उनले बताए ।
आर्थिक अबस्था कमजोर भएका तर बिएचटिम कोर्ष पढ्न चाहने बिद्यार्थीका लागि कलेजले बैकहरुसंग सहकार्य गरेर शैक्षिक कर्जा मिलाइ दिने तयारी गरि रहेको छ । बैकबाट कर्जा लिएर पढ्ने बिद्यार्थीहरुले पढ्दा पढ्दै होटेलमा काम गरेर कमाउने पैसाबाट सहजै कर्जाको ब्याज र साबा तिर्न सक्ने निर्देशक श्रेष्ठले बताए ।

नेपाल कर्म । १४ श्रावण २०८२, बुधबार १६:१४