
सुर्खेत । सुर्खेतस्थित टीका ओली स्टोर्स एण्ड अर्डर सप्लायर्समा वैशाख २५ गते आगलागीबाट भएको क्षतिपूर्ति बापत दुई करोड छ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरेको छ । टीका ओली स्टोर्स एण्ड अर्डर सप्लायर्सका सञ्चालकलाई सिद्धार्थ प्रिमियर इन्साेरेन्स लिमिटेडका सहायक महाप्रबन्धक तथा दाबी विभाग प्रमुख नवराज पराजुलीले उपस्थित भई हस्तान्तरण गरेका हुन् ।
बीमा भुत्तानी कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी तथा इन्सुरेन्स लिमिटेडका कर्णाली प्रदेश प्रमुख राकेश विसीलगाएतको उपस्थिति थियो । रकम प्राप्त गर्ने बीमित टिका ओली स्टोर्सका संचालकले आफूले अपेक्षा गरेभन्दा निकै छिटो रकम प्राप्त गरेको र सोका लागि एक पटक पनि ताकेता गर्न नपरेको बताए । उनले बीमामा झन्झट हुन्छ भन्ने कुरा सुनेको तर आफूलाई त्यस्तो कत्ति पनि महशुस गर्न नपरेको बताए ।

कम्पनीले गत आर्थिक वर्षमा १७ हजार सात सयभन्दा बढी दाबी फर्छ्यौट गरी तीन अर्बभन्दा बढी भुक्तानी गरेको र साथै कम्पनीमा भैपरि आउने दाबीको शीघ्र फर्छ्यौटका लागि कम्पनी सदैव संवेदनशील रहेको कुरा समेत दाबी विभाग प्रमुख पराजुलीले बताए ।


नेपाल कर्म । १४ श्रावण २०८२, बुधबार १५:४५