वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शाहीको मृत्यु


सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको मृत्यु भएको छ । काठमाडौँस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा मंगलबार बिहान भेरीगंगा नगरपालिकाको हर्रे आई पुग्दा बाटोमै वडाध्यक्ष शाहीको मृत्यु भएको हो ।



उनी एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित थिए भने निमोनियाले समेत आक्रमण गरेको थियो ।

वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले बताए ।

शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी १० महिनादेखि बिरामी थिए ।

तपाईको प्रतिक्रिया