
काठमाडौं । सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन् । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका– ६ बागेश्वरका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएका हुन् ।
घरमा चौपायामात्रै अलपत्र छाडेर परिवारका सबै सदस्य सम्पर्कविहीन भएको वडाध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमा पोस्ट गरेर त्यसको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यसबारेमा बुझ्ने काम भइरहेको जनाएको छ । ‘हामी यसबारे बुझ्दैछौं, प्रहरीहरू पठाइएको छ,’ डिएसपी अनिल खड्काले भने ।


स्थानीयले आइतबारदेखि उनीहरू सम्पर्कविहीन भएको बताएका छन् ।

नेपाल कर्म । १२ श्रावण २०८२, सोमबार १४:३५