हत्यापछि प्रहरीलाई फोन गरेर भने, ‘श्रीमती मारिहाले पक्राउ गर्न आउनुहोस्’

सुर्खेत । आइतबार विहान सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर–१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले श्रीमतीको हत्या गरेका हुन् ।



४२ वर्षीय ठाडाले ४१ वर्षीय रविना थापाको विहान साढे १ बजेको समयमा हत्या गरेका हुन् । हत्या लगत्तै उनले प्रहरीलाई फोन गरेर पक्राउ गर्न बोलाएका थिए । ‘सर श्रीमती मारिसके, पक्राउ गर्न आउनुहोस्’ भन्दै घरको ठेगाना स्वंयम ठाडाले प्रहरीले दिँदै फोन गरेका थिए ।

प्रहरीलाई फोन गर्नुपूर्व ठाडाले प्रहरीको नम्बर माग्न वडाध्यक्षलाईसमेत फोन गरेका थिए । जानकार पाउने वित्तिकै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले विहान २ बजेतिर ठाडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । घटनाको कारण खुलेको छैन् । अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलमा छ । ‘प्रारम्भीक रुपमा चिर्पटले हानेर हत्या गरेको देखिएको छ । अनुसन्धान भइरहेकाले घटनाबारे थप विवरण पछि खुल्ला,’ प्रहरीले स्रोतले भन्यो ।

तपाईको प्रतिक्रिया