लागूऔषधसहित तीन जना पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट तीन जनालाई पक्राउ गरिएको हो ।



वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोईली मिलनटोलस्थितमा लागूऔषधको कारोबार भईरहेको सूचनाका आधारमा कमलबजार नगरपालिका– ८ घर भएका २५ वर्षीया आर्यन शाह, वीरेन्द्रनगर नगरपालिका–३ बाट २९ वर्षीया कमल कार्की र जिल्ला दैलेख दुल्लु नगरपालिका–२१ का ध्वनिल मल्ललाई पक्राउ गरेको हो ।

शाहबाट शरिर तथा डेराकोठा खानतलासी गर्दा निजको साथबाट शुद्ध तिन ग्राम सात सय मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्र्खेतका प्रवत्ता तथा सूचना अधिकारी मोहनजंग बुढथापाले बताए ।

त्यस्तै, कार्की र मल्ललाई शंकास्पद अवस्थामा फेला पारी निजहरुको शरिर खानतलासी गर्दा निजहरुको साथबाट लागुऔषध (नाईट्राजेपाम) २४३ ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया